२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्याे

- विशेष खबर शनिबार ०६, असार २०७७ ०४:३६

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्।  

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताए।


#काेराेना

प्रतिकृया दिनुहोस