२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

भालुबाङमा बस राप्ती नदीमा खस्यो, उद्धार जारी

- विशेष खबर शुक्रबार २७, पुष २०८० ११:१७

भालुबाङमा बस राप्ती नदीमा खस्यो, उद्धार जारी

दाङ । दाङको राप्ती गाउँपालिकाको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

उद्धारका लागि घटनास्थलमा पुगेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए ।

स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस