२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

- विशेष खबर बुधबार २५, पुष २०८० १०:५५

क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।

 न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो ।  ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

 अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।


प्रतिकृया दिनुहोस