२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

२४ घन्टामा ४ सय २६ संक्रमित थपिए, २ सय १६ जना डिस्चार्ज

- विशेष खबर शुक्रबार ०५, असार २०७७ ०५:०६

२४ घन्टामा  ४ सय २६ संक्रमित थपिए, २ सय १६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित ४ सय २६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

यो सँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । नयाँ संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् ।

प्रवक्ता गौतमले गएको २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भएको जनाए ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै आरडीटी विधिबाट सोही अवधिमा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

 


#कोरोना

प्रतिकृया दिनुहोस