२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

एकैदिन ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

- विशेष खबर बिहिबार ०४, असार २०७७ ०४:३०

एकैदिन ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। 

त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। 


#कोरोना

प्रतिकृया दिनुहोस