२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

- विशेष खबर शुक्रबार २०, पुष २०८० १०:१९

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने  भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आज आवेदन माग गरेको छ ।
 
त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै गुणका आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।
 
आज प्रकाशित सूचनाअनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चारवर्षे व्यावसायिक कार्ययोजनासमेत प्रस्तुत गर्नुपर्ने छ ।
 
प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक ‘क्यालेण्डर’लाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइसकेका छन् ।

May be an image of text


प्रतिकृया दिनुहोस