२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

- विशेष खबर बिहिबार १९, पुष २०८० ११:२८

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ ।

वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।

'हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ' विभागले जारी गरेको सूचनामा छ ।

 


प्रतिकृया दिनुहोस