२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

यी प्रदेशमा बदली र हिमपातकाे अनुमान

- विशेष खबर मङ्गलबार १७, पुष २०८० ०८:४५

यी प्रदेशमा बदली र हिमपातकाे अनुमान

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशााखाले बताएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएकोछ ।


प्रतिकृया दिनुहोस