- विशेष खबर बुधबार ०३, असार २०७७ ०८:२१
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकाे डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।
त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।
बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो ।
प्राडा जगदीशप्रसाद अग्रवालले उमेर हदका कारण अवकाश पाएसँगै रिक्त डिन पदमा शाह नियुक्त भएकी हुन ।
प्रतिकृया दिनुहोस