२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

यस्तो छ आजको मौसम पूर्वानुमान

- विशेष खबर शनिबार १४, पुष २०८० ०७:४०

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्स लागेको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत  कोशी  र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

राति देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


प्रतिकृया दिनुहोस