२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन ५८६ संक्रमित थपिए

बुधबार ०३, असार २०७७ ०५:४७

नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन ५८६ संक्रमित थपिए

काठमाडौँ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

थप संक्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा जना ९ जना निको भएर डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १ हजार १६७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ३७ परीक्षण भएका छन् । क्वारेन्टाइनमा १ लाख २५ हजार ७९८ जना भने आइसोलेसनमा ५ हजार ९९० छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस