एजेन्सी मङ्गलबार ०३, पुष २०८० १०:५७
इस्तानबुल । टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ ।
पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ ।
प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्ने शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ ।
एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो ।
टर्कीका आन्तरिक मन्त्री अली उर्लिकायाले देशको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरुलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस