२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

६ वर्षीय बालिकाको हत्या, घटनामा संलग्न आशंकामा दुई जना पक्राउ

- विशेष खबर शुक्रबार २९, मङि्सर २०८० ११:३५

६ वर्षीय बालिकाको हत्या, घटनामा संलग्न आशंकामा दुई जना पक्राउ

महेन्द्रनगर । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिए । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए । 

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताए। 


प्रतिकृया दिनुहोस