२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

लोक सेवाले एकै पटक माग्यो २ सय ७३ अधिकृत (सूचनासहित)

- विशेष खबर बुधबार २७, मङि्सर २०८० ०८:४९

लोक सेवाले एकै पटक माग्यो २ सय ७३ अधिकृत (सूचनासहित)

काठमाडाैं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका लागि २ सय ७३ जना कर्मचारी माग गरेको छ।

बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो।

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।

दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

इच्छुक र योग्यता पुगेका व्यक्तिले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय निर्धारण गरिएको छ।

loksewa-1702431410.jpg

loksewa2-1702431411.jpg

 

lok-sewa-3-1702431410.jpg


प्रतिकृया दिनुहोस