२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

- विशेष खबर शुक्रबार २२, मङि्सर २०८० ०७:३३

रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै सात लाख पाँच हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

ठगी अभियाेगमा जुम्ला हिमा गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । 

शाहीले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले भनाइ छ । उनलाइ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । 
    
  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस