२०८२ साउन ०७ गते मङ्गलबार | 22 July, 2025

त्रिविलाई नेविसंघको १४ बुँदे ज्ञापन

आइतबार ३२, जेठ २०७७ ०५:२२

त्रिविलाई नेविसंघको १४ बुँदे ज्ञापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा असान्दर्भिक गतिविधि बढेको भन्दै उपत्यकाका १३ आगिंक क्याम्पससम्बद्ध नेपाल विद्यार्थी संघ इकाइ समितिले ज्ञापन बुझाएको छ ।
आइतबार त्रिवि केन्द्रीय क्याम्पस, त्रिचन्द्र, शंकरदेव, नेपाल कमर्शलगायतका १३ क्याम्पसका नेविसंघ नेताहरुले १४ बुँदे ज्ञापन बुझाएका हुन् । 
त्रिबिको नयाँ नेतृत्व आएको ८ महिनासम्म पनि गति लिएर काम गर्न नसकेको, वार्षिक परीक्षा, नतिजा र कक्षा संचालन बारे ठोस निक्र्यौल गरिनुपर्ने, अनलाइन कक्षा संचालनले विद्यार्थीमा बिभेद भएको, कानुन संकायमा विना कारण तीन वर्षदेखि भर्ना रोकेको लगायतका आरोप छन् । 
उनीहरुले १४ वटै बुँदाको एकसाता भित्र जवाफ नआए थप संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । शैक्षिक संस्थाभित्रको बेथिति उजागर गरी सच्याउन दबाव दिने उद्देश्यले ज्ञापन पत्र बुझाएको नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाले बताए ।

त्रिबि इकाइका अध्यक्ष हरि आर्चाय , त्रिचन्द्रका शान्त सिवाकोटी, शंकरदेबका दिपक ओझा , नेपाल कमर्शका बिष्णुहरी खड्का ,अमृत क्याम्पसका पुरन रोकाया लगायतका नेताहरुको उपस्थीति थियो ।

बिज्ञप्ती पढनुहाेस । 


 


#ज्ञापन

प्रतिकृया दिनुहोस