२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

आइतबार ३२, जेठ २०७७ ०३:१९

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए ।

उनले आत्महत्या गर्नुकाे कारण खुलिसकेकाे छैन । भारतिय सञ्चार माध्यमका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् ।

टीभीबाट आफ्नाे करियर सुरु गरेका सुशान्तले पछिल्लाे केही वर्षमा ठूलाे पर्दामा काम गरेका थिए ।


#आत्महत्या

प्रतिकृया दिनुहोस