२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

गुजरातमा नक्कली पेय खाँदा  ५ जनाको मृत्यु

एजेन्सी बिहिबार १४, मङि्सर २०८० ११:१५

गुजरातमा नक्कली पेय खाँदा  ५ जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली पेय (सिरप) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन् । 

प्रहरीले बिहीबार जनाए अनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार उक्त सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको थियो ।

‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ,’ वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई बताएका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा मिथाइल अल्कोहल रहेको पुष्टि गरेको उनको दाबी छ । 

प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको  पाइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।


प्रतिकृया दिनुहोस