२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

- विशेष खबर बुधबार १३, मङि्सर २०८० ०७:५७

घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ । 


प्रतिकृया दिनुहोस