२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

२७३ जना काेराेना संक्रमित थपिए

शनिबार ३१, जेठ २०७७ ०५:०५

२७३ जना काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ५ हजार ३३५ पुगेको जनाए ।

संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएका छन् । नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस