२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

सन्दीप लामिछानेकाे मुद्दामा एक महिनाभित्र बहस नोट पेस गर्न आदेश

- विशेष खबर बिहिबार २३, कार्तिक २०८० ११:५३

सन्दीप लामिछानेकाे मुद्दामा एक महिनाभित्र बहस नोट पेस गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो ।

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका हुने प्रतियोगितामा खेल्ने अनुमति दिन आदेश गरेको थियो ।


प्रतिकृया दिनुहोस