२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

भूकम्प अपडेट : रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

- विशेष खबर शनिबार १८, कार्तिक २०८० १०:२३

भूकम्प अपडेट : रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । गए रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो । 

भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

निरीक्षक खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ ।

भूइचालोबाट अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो । घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन् । 

भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौं पठाएको थियो ।

अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ।

मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब भोलिदेखि राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए । 


प्रतिकृया दिनुहोस