२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

[अपडेट] जाजरकाेट भूकम्पबाट व्यापक क्षति, २० जनाकाे मृत्यू पुष्टि, कैयाैं घाइते

- विशेष खबर शनिबार १८, कार्तिक २०८० ०२:१९

[अपडेट] जाजरकाेट भूकम्पबाट व्यापक क्षति, २० जनाकाे मृत्यू पुष्टि, कैयाैं घाइते
जाजरकाेट अस्पतालमा घाइतेकाे उपचार हुँदै ।

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार राति गएकाे भूकम्पका कारण ठूलाे जनधनकाे क्षति भएकाे छ । 

रूकुम पश्चिम, जाजरकाेटलगायतका जिल्लामा बढी क्षति भएकाे विवरण प्राप्त भइरहेकाे छ । दुवै जिल्लामा राति २ बजेसम्म २० जनाकाे मृत्यु पुष्टि भएकाे छ ।

रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लामा १० जनाकाे मृत्यु भएकाे बताए । कुशे गाउँपालिका ७ धर्नाशीमा सात जना र सदरमुकामस्थित भेरी नगरपालिका तीन मा तीन जनाको मृत्यु भएकाे छ । धेरै ठाउँमा क्षति भएकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । 

भेरी ३ मा डेरा गरेर बसेका नलगाड नगरपािलकाकी उपप्रमुख सरिता सिंह, स्थानीय इन्दिरा शाह र अर्की एक महिलाकाे मृत्यु भएकाे  प्रजिअ सुनारले बताए। जाजरकाेट जिल्ला अस्पतालमा घाइतेहरूकाे भीड लागेकाे छ ।  

मध्यराति भएकाले उद्धार र क्षतिको विवरण प्राप्त हुन कठिनाइ भइहरेकाे छ ।  

 


प्रतिकृया दिनुहोस