२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

भारतमा दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु

- विशेष खबर शनिबार १८, कार्तिक २०८० १२:४८

भारतमा दुर्घटनामा परी  एकै परिवारका ५ नेपालीको मृत्यु

काठमाडाैं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका ५ जनाको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पश्चिम चौकुने गाउँपालिका–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरु ५ वर्षीय मिलन, २ वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।

धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू सपरिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।

रतनको परिवार सबै एउटै बाइकमा सवार थिए । मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए ।


प्रतिकृया दिनुहोस