२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

‘कल गर्ल’ उपलब्ध गराइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

- विशेष खबर शुक्रबार १७, कार्तिक २०८० १०:३५

‘कल गर्ल’ उपलब्ध गराइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भन्दै ठगी गरेकाे आराेपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपलब्ध गराउने भनी विभिन्न व्यक्तिबाट ठगी गरेको पाइएपछि कार्यालयको टोलीले उनीहरुलाई विराटनगरबाट पक्राउ गरी आज काठमाडौं ल्याएको हो । 

यसरी पक्राउ पर्नेमा मोरङका गौरव जैन र भोजपुरका शैलेन्द्र श्रेष्ठ रहेका कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

सम्पर्क नम्बरसमेत सार्वजनिक गरी ठगी गर्ने समूहले महिलाहरूको फोटो उपलब्ध गराइदिने र छनोट भएकाको हकमा तोकिएको मूल्य दिएपछि महिला उपलब्ध हुने भनी समाजिक सञ्जालका समूहहरुमा पोष्ट गरी रकम ठगी गरेको पाइएको उनले बताए ।

अनुसन्धानका क्रममा सामाजिक सञ्जालबाट सार्वजनिक भएको मोबाइल नम्बर चलाउने दुई व्यक्ति उनीहरु भएको पत्तालागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

उनीहरूलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस