२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

११ जिल्लाका सिडीओ फेरिए, गृहका ४० जना उपसचिवको सरूवा

- विशेष खबर बिहिबार १६, कार्तिक २०८० ११:४७

११ जिल्लाका सिडीओ फेरिए, गृहका ४० जना उपसचिवको सरूवा

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) फेरिएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवको सरुवा र पदस्थापन गरेको हो । मन्त्रालयले १५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरबदल गरेको छ ।

मन्त्रालयले अध्यागमन विभागका निर्देशक खिमराज भुसाललाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएकाे छ । मन्त्रालयमै कार्यरत उपसचिव वेदनिधि खनाललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ ।

बझाङमा विश्वामित्र कुइकेल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालीकोटमा गणेश नेपाली, हुम्लामा विनोद पोखरेल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

मन्त्रालयले बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी फेरेको छ ।


प्रतिकृया दिनुहोस