२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण

शुक्रबार ३०, जेठ २०७७ ०५:१९

काठमाडौं । नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला  छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस