२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

बुवाकाे हत्या अभियोगमा छोरा पक्राउ

- विशेष खबर आइतबार १२, कार्तिक २०८० ०९:३१

बुवाकाे हत्या अभियोगमा छोरा पक्राउ

धनगढी । बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए ।

 


प्रतिकृया दिनुहोस