२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

बस दुर्घटनामा एक जनाको मृत्यु, ४० घाइते

- विशेष खबर आइतबार १२, कार्तिक २०८० ०८:३७

बस दुर्घटनामा एक जनाको मृत्यु, ४० घाइते

बारा । बाराको सिमरामा शनिबार राति बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् ।

चितवनको जलवीरे झरनाबाट वनभोज खाएर फर्किंदै गरेको ना७ख ४४४९ नम्बरको बस राति ११ बजे अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार बाराको सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकअगाडि बाटो काटिरहेको मोटरसाइकल जोगाउने क्रममा बस अनियन्त्रित भएर पोलमा ठोक्किएको थियो ।

मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको काफ्लेले जनाए । घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक छ । सिकिस्त चार घाइतेको उपचार वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । बाँकीको अवस्था सामान्य रहेकोले सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस