२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

कतारमा ८ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय

एजेन्सी शुक्रबार १०, कार्तिक २०८० ०९:४१

कतारमा ८ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय

नयाँ दिल्ली । कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ ।

समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् । 

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा 'नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने' र बन्दीहरूलाई 'सबै कन्सुलर र कानूनी सहयोग विस्तार' जारी राख्ने बताएको छ । 

'कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,' बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, 'हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ ।'

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ । कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन । 

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन । 'यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानूनी विकल्पहरूको खोजी गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ ।

    यद्यपि केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन् । उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेको छन् । उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो । 

    टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’ मा गिरफ्तार गरिएको बताएका छन् ।


प्रतिकृया दिनुहोस