२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

चिर्पटले हानेर श्रीमतीको हत्या

- विशेष खबर शुक्रबार १०, कार्तिक २०८० ०८:०६

चिर्पटले हानेर श्रीमतीको हत्या

खोटाङ । खाेटाडकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दाबा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर हत्या गरेका हुन् ।

दुवै जना बीच झगडा हुँदा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

दाबालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

 


प्रतिकृया दिनुहोस