२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

स्कुटर दुर्घटनामा श्रीमतीकाे मृत्यु र श्रीमान् घाइते

- विशेष खबर बिहिबार ०९, कार्तिक २०८० ०७:३५

स्कुटर दुर्घटनामा श्रीमतीकाे मृत्यु र श्रीमान् घाइते

मकवानपुर । काठमाडाैं कुलेखानी हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । 

काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार  दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका छन् । उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

उनका अनुसार काठमाडौंबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।


प्रतिकृया दिनुहोस