२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

पेस्तोलसहित भारतीय किशोरी पक्राउ

- विशेष खबर बुधबार ०८, कार्तिक २०८० ०७:४५

पेस्तोलसहित भारतीय  किशोरी पक्राउ

धनुषा । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा ९ की अन्दाजी १६ वर्षीया किशाेरी छन् ।

उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।


प्रतिकृया दिनुहोस