२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

- विशेष खबर मङ्गलबार ०७, कार्तिक २०८० ०८:४५

मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

मंगलबार बिहान ३:३५ बजेतिर मकवानपुर ईन्द्रसरोवर-५ मकैबारीमा मधेस प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

इन्द्रसरोवर-५ स्थित कुलेखानी मातातीर्थ काठमाडौं सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको सुमो सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइतेलाइ उपचारका लागि काठमाडौं पठाएको छ । घाइते सुमो चालक प्रहरीको नियन्त्रणमा छन् ।


प्रतिकृया दिनुहोस