२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

दसैंटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

- विशेष खबर सोमबार ०६, कार्तिक २०८० ११:०७

दसैंटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । बडादसैंको टीकाको उत्तम साइत भोलि बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो ।

विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

टीका लगाइ दिनेले पूर्वमोहडा गर्ने र लगाउनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुने समितिको भनाइ छ । यसरी टीका लगाउँदा सुख शान्ति र समृद्धि हासिल हुने विश्वास गरिन्छ ।

उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दिनभर बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।

भोली सुरु हुने टीका देवीको प्रसादका रुपमा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने समितिले जनाएको छ ।


प्रतिकृया दिनुहोस