२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

बैकुण्ठे भीरबाट जिप खस्दा ६ जनाको मृत्यु, एक घाइते

- विशेष खबर आइतबार ०५, कार्तिक २०८० ०६:११

बैकुण्ठे भीरबाट जिप खस्दा ६ जनाको मृत्यु, एक घाइते

पाल्पा । पाल्पाको रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको छ ।

जिपमा सवार यात्रु संख्या र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए ।


प्रतिकृया दिनुहोस