२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

काेराेनाबाट विश्वभर ४ लाख १३ हजार ७६० काे मृत्यु

बुधबार २८, जेठ २०७७ ०१:०८

जेनेभा (एजेन्सी) । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार अमेरिकामा मात्र २० लाख ४५ हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार १५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

यहाँ ५२ हजार ८५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ५७३ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार २०८ को मृत्यु भएको छ ।

एसियामा १४ लाख ३२ हजार ३२७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३६ हजार ४१५ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ५ हजार ८८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ५६८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस