२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

इजरायलमा मारिएका ४ नेपालीको शव शनिबार काठमाडौं ल्याइँदै

- विशेष खबर शुक्रबार ०३, कार्तिक २०८० ०९:१८

इजरायलमा मारिएका ४ नेपालीको शव शनिबार काठमाडौं ल्याइँदै

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव शनिबार नेपाल ल्याइने भएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ४ जनाको शव शनिबार दिउँसो १ः२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड- १२१० मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड- ८३५१ मार्फत काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्नेछ। मृृतकमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो।

अन्य शव पहिचानको काम भइरहेको दूतावासले जनाएकाे छ । सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूतावासले जनाएको छ ।

असाेज २० गते प्यालेष्टिनी बिद्राेही समूह हमासले एक्कासी हमला गर्दा अर्न एण्ड लर्न कार्यक्रम अन्तरगत इजरायल गएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कृषि संकायमा अध्ययनरत १० नेपाली विद्यार्थीकाे मृत्यु भएकाे थियाे ।  


प्रतिकृया दिनुहोस