- विशेष खबर बिहिबार ०२, कार्तिक २०८० ०८:४१
बाजुरा । बझाङ केन्द्र विन्दु बनाएर बुधबार राति फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।
लगातार भूकम्प जान थालेपछि सुदूरपश्चिम प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
प्रतिकृया दिनुहोस