२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

होटलमा महिलाको घाँटी रेटेर हत्या, शंकास्पद  एक जना पक्राउ

- रासस बुधबार ०१, कार्तिक २०८० १२:५१

होटलमा महिलाको घाँटी रेटेर हत्या, शंकास्पद  एक जना पक्राउ

त्रिवेणी (रुकुम पश्चिम) । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए। 

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा  मङ्गलबार बिहान मृत फेला परेपछि  साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएकोे उनको भनाइ थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।


प्रतिकृया दिनुहोस