२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

थप ३१४ जनामा कोरोना, नेपालमा संक्रमित ३ हजार ७६२ पुगे

सोमबार २६, जेठ २०७७ ०४:४९

थप ३१४ जनामा कोरोना, नेपालमा संक्रमित ३ हजार ७६२ पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए ।

साेमबार काेराेना पुष्टि भएका मध्ये  २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।

संक्रमित हुनेमा झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौटहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जनामा संक्रमण देखिएको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा र स्याङ्जामा एक/एक गरी १४ जनाको मृत्यु भएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस