२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

भारतमा मिनिबस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी आइतबार २८, असोज २०८० ०१:४०

भारतमा मिनिबस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ । 

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो । 

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 


प्रतिकृया दिनुहोस