२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

पश्चिम बंगालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशंका

एजेन्सी शुक्रबार २६, असोज २०८० ११:०२

पश्चिम बंगालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशंका
सांकेतिक फाेटाे

नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा कोइला खानी भत्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ फसेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा १० जना बेपत्ता छन्। 
   
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा पर्ने पश्चिम बर्धमान जिल्लाको रानीगञ्ज क्षेत्रमा रहेको नारायणकुरी कोलियरीभित्र कोइला उत्खननको काम गरिरहेका बेला बुधबार दिउँसो कोइला खानी भत्किएको हो ।

'कोइला खानी भत्किँदा तीन जनाको मृत्यु भएको छ र उनीहरू स्थानीय बासिन्दा रहेको पहिचान भएको छ,' एक प्रहरी अधिकारीले भने ।

अरू धेरै हराइरहेकाे जानकारी प्राप्त भएको र उनीहरूभित्र फसेको आशङ्का गरिएको ती अधिकारीले बताए । फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार दुई दर्जनभन्दा बढी मानिस अवैध रूपमा खानीभित्र पसेको तर दुर्घटनापछि केही मानिस त्यहाँबाट बाहिर निस्कन सफल भएका छन् भने केही भित्र फसेको छन् ।


प्रतिकृया दिनुहोस