२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेपालगन्जकाे बिपी चाेकमा आगलागीबाट सात पसलमा क्षति

- विशेष खबर शुक्रबार २६, असोज २०८० ०९:४७

नेपालगन्जकाे बिपी चाेकमा आगलागीबाट सात पसलमा क्षति

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । 

विद्युत् चुहावट भइ आगलागी हुँदा  आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले सामान अधिकांश जलेर नष्ट भएको र क्षतिको विवरण सङ्कलन भइरहेकाे बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताए।

आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो  । 


प्रतिकृया दिनुहोस