२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति आइपुग्ने, तत्काल शव ल्याउन कठिन

- विशेष खबर बिहिबार २५, असोज २०८० ०१:०३

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति आइपुग्ने, तत्काल शव ल्याउन कठिन

काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी ल्याउन गएको जहाज राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।

बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली विद्यार्थी लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको थियो । उक्त विमानले नेपाली समयअनुसार १०:४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ । 

त्यहाँबाट नेपाली विद्यार्थी लिएर बिहीबार राति नै नेपालतर्फ आउनेछ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो ।

इजरायलमा हमासकाेआक्रमणपछि विश्वका धेरै देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् । युद्धमा परेर मृत्यु भएका १० नेपालीको शव ल्याउन भने समय लाग्ने परराष्ट्र मन्त्रालयको भनाइ छ । 

उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ ।  

इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालकाे भनाइ छ ।  


प्रतिकृया दिनुहोस