२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

- विशेष खबर बिहिबार २५, असोज २०८० १२:०६

बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

काठमाडौं । भारतको बिहारमा बुधबार भएकाे रेल दुर्घटनामा ६ जनाकाे मृत्यु भएको छ । १०० जना घाइते भएका छन् ।  

दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको हाे । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।

दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।


प्रतिकृया दिनुहोस