२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

अत्येष्टिपछि कोरोना पुष्टि, मलामी खोज्दै सरकार

शनिबार २४, जेठ २०७७ ०८:२५

कैलाली । सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनकाे मलामी गएकाहरूकाे खोजी सुरु गरिएको छ । 

धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलाइसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको मोहना नदीमा दाहसंस्कार गरिएको थियो । 

शनिबार ती महिलामा कोरोना पुष्टि भएको हो । उनी शुक्रबार डायलासिस गराउन अस्पताल भर्ना भएकी थिइन् । 
अस्पतालका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । मृत्युपछिमात्रै उनकाे स्वाब संकलन गरि परीक्षण गरिएको हो । यसअघि ती महिला नेपालगञ्ज र काठमाडौमा डायलाइसिस गराउँदै आएकी थिइन् ।  

स्वाब परीक्षण रिपाेर्ट नआउँदै दाहसंस्कार गरिएकाले अहिले मलामी गएकाहरुको खोजी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले बताए ।  मलामी गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडा अध्यक्ष र आफन्तलाई खबर गरिएको उनले बताए । मलामी गएका सबैको स्वाब परीक्षण गरिने धामीले बताए । 


 


#काेराेना

प्रतिकृया दिनुहोस