२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

अफगानिस्तान भूकम्पमा १०० जना भन्दा धेरैको मृत्यु

- विशेष खबर आइतबार २१, असोज २०८० १०:४३

अफगानिस्तान भूकम्पमा १०० जना भन्दा धेरैको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् ।

केही संचारमाध्यमहरूले भूकम्पमा ३०० जना भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहे पनि पुष्टि हुन सकेको छैन ।

अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस