- विशेष खबर शनिबार २०, असोज २०८० ०१:२७
काठमाडौं । बझाङमा असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । शनिबार बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ ।
१६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।
प्रतिकृया दिनुहोस