- विशेष खबर बिहिबार १८, असोज २०८० ०८:५०
नेपालगञ्ज । मंगलबारदेखि बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यू आंशिक रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी बिहीबार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको जनाएको छ ।
आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यू जारी रहने छ । बिहीबार बिहानदेखि साँझसम्म कर्फ्यू खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।
बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भए पछि बिहीबार बिहानदेखि कर्फ्यू खुकुलो पारिएको हो ।
प्रतिकृया दिनुहोस